काठमाण्डौं – वैशाख कृष्ण पक्षीय औँसी अर्थात आज मातातीर्थ औँसी । हरेक वर्ष दिन आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आमालाई मीठा खानेकुरा र उपहार दिई आशीर्वाद लिइन्छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झने गरिन्छ ।
देशभर विभिन्न देवदेवालयमा पुगी पूजाआजा गर्नेहरुको भींड लाग्दछ । यस वर्ष सूर्य अस्त समयतिर सूर्यग्रहण देखिने भए पनि विहान आमाको मुख हेर्न शुभ नै हुने धर्मशास्त्र विदहरुले तर्क छ । विहानै नुहाइवरी पूजापाठ गर्ने, आमाको मुख हेर्ने काम विहानै सकिने भएको दिउँसो सूर्य अस्तको समयमा देखिने ग्रहणले कुनै दोष हुदैन धर्मशास्त्र विदहरुको भनाई छ ।
प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्