२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

नेतृत्वकालाई माक्र्सवादी स्कूलिङ प्रशिक्षण



दैलेख – नेकपा (माओवादी केन्द्र)को विभिन्न जिम्मेवारीमा रहनुभएका दैलेखका माओवादीको अगुवा नेतृत्वलाई आधारभूत माक्र्सवादी स्कूलिङ प्रशिक्षण दिइएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण मंगलबार, बुधबार र बिहीबार दैलेख सदरमुकाममा भएको हो ।

साँगठनिक विकाससंगै नेतृत्वलाई राजनीतिक दर्शन, राजनीतिक सिद्धान्त, राज्यसत्ताको प्रबृति, विज्ञान र माक्र्सवादको अन्तरसम्बन्ध, संगठन निर्माण, नेतृत्व कौशलता र कार्यदिशा बारे रणनीतिक निर्माण विषयमा प्रशिक्षण केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र)का संयोजक गोपालकृष्ण रिजालले जानकारी दिनुभयो ।

माक्र्सवादी दर्शन बारे बसन्त शर्मा, वर्ग संघर्ष विषयमा धर्म केसी, नेपालमा माक्र्सवादको विस्तार बारे टेकबहादुर बस्नेत, दैलेखमा कम्यूनिष्ट आन्दोलनको इतिहास विषयमा टेकबहादुर खाण, माक्र्सवाद र विज्ञान सवालमा रामदीप आचार्य, जिल्लाको संगठन योजना बारे प्रेम कटुवालले सहजीकरण गर्नुभएको थियो ।

सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेतृत्वको अतिसयुक्ति क्रियाकलापका कारण साँगठनिक विकास प्रतिकुल भएको मानिएको दैलेखमा पछिल्लो समय जनप्रिय काम हुन थालेपछि नेकपा (माओवादी केन्द्र) प्रति आकर्षण बढिरहेको बेला भएको माक्र्सवादी स्कूलिङ प्रशिक्षणले नेतृत्वलाई उत्साह थपेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार