
काठमाण्डौं – एमाले सांसद रघुजी पन्त शिक्षा मन्त्री बन्नु हुने भएको छ । विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि रिक्त पदमा उहाँ जाने निश्चित भएको बताइएको छ ।
पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो । भोलि सपथको कार्यक्रम तय भएको बताइएको छ ।
विद्यालय शिक्षा ऐन ल्याउने विषयमा असमझदारीका कारण दुई दिन अघि सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
पत्रकारिता छोडेर २०५१ र २०५६ मा दुई पटक ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य जित्नुभएका पन्त २०७९ काे संसदीय निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक साँसद हुनुहुन्छ । उहाँ २०६० सालमा श्रम तथा यातायात व्यवस्था मन्त्री हुनुभएको थियो ।
प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्