२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

कक्षा १२ को परीक्षा स्थगित



काठमाण्डौं – वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । शिक्षकहरुको आन्दोलनका कारण मंगलबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निजामती कर्मचारीबाट चलाउने भनिए पनि अनुकूल नभएको भन्दै स्थगित गरिएको हो ।

शिक्षकहरुको आन्दोलन वार्ताबाट निकास निस्कने आशा सहित परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । परीक्षार्थीहरुले पनि तयारी गरिसकेको अवस्था धेरै लामो समय अन्तर नपर्ने गरी छिट्टै परीक्षा चलाइने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार