
काठमाण्डौं — नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो ।
परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन भेटवार्तामा ओली र मोदीबीच द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको बताइएको छ । ओली प्रधानमन्त्री भएको साढे ८ महिना भइसक्दा पनि भारतले औपचारिक भ्रमणको निमन्त्रणा दिइएको छैन ।
प्रधानमन्त्री ओली र मोदीको भेटलाई यो दोश्रो साइडलाइन भेटवार्ता हो । छ महिना अघि गएको असोजमा न्युयोर्कमा ओली र मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका सहभागी हुन जाँदा उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्