
दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलकदमी र सहयोगमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकोमा नगरपालिका वडा नं. ७ बिजौरा निवासी ३७ वर्षीय अमृताकुमारी बिश्वकर्माले खुशी प्रकट गर्नुभएको छ ।
कानूनी प्रक्रियाका लागि इन्सेकले चैत ६ गते उपलब्ध गराएको आठ हजार रुपैंयाँ सहयोग ग्रहण गर्दै इन्सेकको पहलकदमी र सहयोग निम्ति उहाँले धन्यवाद दिनुभएको हो । पटकपटक आउजाउ गर्न यातायात, अदालती शुल्क र प्रक्रियागत काममा भएको खर्च अहिले उपलब्ध गराएको आभारी छु उहाँले भन्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार सेवाग्राहीको घरमै पुगेर उक्त सहायता दिनुभएको थियो । अघिल्लो वैवाहिक सम्वन्ध अदालती प्रक्रियाबाट सम्बन्ध विच्छेद भइसकेको तर पछिल्लो वैवाहिक सम्वन्ध भएको पतिको एक वर्ष अघि मृत्यूपछि अमृतकुमारी बिकले नागरिकता पाउनसक्नुभएको थिएन ।
पतिको क्यान्सरको उपचारको क्रममा मृत्यू भएको तर त्यसपछि नागरिकता आवश्यक पर्दा धेरै प्रयास गर्दा पनि नेपाली नागरिकता नपाएको कुरा इन्सेकको सम्पर्क पुगी पैरबी र सहायताको निम्ति उहाँले इन्सेकसंग सहायता माग्नुभएको थियो ।
इन्सेकको पहलमा उहाँले ०८१ माघ ४ गते नागरिकता पाउनुभएको थियो । नागरिकता प्राप्त भएपछि उहाँले राष्ट्रिय परिचयपत्र र मतदाता नावावली समेत भराइसक्नुभएको छ । उहाँका एघार र ६ वर्षका दुई छोरा र १० वर्षकी एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्