
मृतक राजेश शाही
कालिकोट – जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका–१० चौकी गाउँमा बुधबार राति पूजा पछेटाको जमघटमा नाँच-गान र रमाइलो गरिरहेकाे समयमा युवाहरूकाे दुई पक्षबीच भएको कुटाकुटमा एक जना युवकको मृत्यू भएको छ ।
स्थानीय हस्तबहादुर मल्लको घरको पूजा पछेटामा रमाइलो हेर्न आएका युवाहरूबीच कुटाकुटमा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यू भएको र १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको कालिकोटमै उपचार भइरहेको जनाइएको छ ।
कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इञ्चार्ज डीएसपी टेकबहादुर रावतले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सबै १८ वर्ष मुनिका बालबालिका उमेर समूहका रहेकोले बाल न्याय कार्य विधि अनुसार उनीहरुको परिचय गोप्य राखिएको डीएसपी रावतले बताउनुभयाे ।
प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्