२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

फागुन २८, आजकाे मुद्रा विनिमय



काठमाण्डौं – आज फागुन २८ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर हिजोकै दर कायम राख्दै खरिद १३९ रुपियाँ २५ पैंसा र बिक्री दर १३९ रुपियाँ ८५ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४३ र बिक्री दर ९ रुपियाँ ४७ तोकिएको छ ।

युरोपियन यूरो खरिद १५१ रुपियाँ ७२ पैंसा र बिक्री दर १५२ रुपियाँ ३७ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपियाँ १३ पैंसा र बिक्री दर ३७ रुपियाँ २९ पैंसा, कतारको रियल हिजोकै दर कायम राख्दै खरिद ३८ रुपियाँ २१ पैंसा र बिक्री दर ३८ रुपियाँ ३७ पैंसा अनि कुबेती दिनार खरिद दर ४५१ रुपियाँ ९२ पैंसा र बिक्री दर ४५३ रुपियाँ ८७ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २८ गते बुधबार