२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

फागुन २५ गते, नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – आज फागुन २५ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद १३८ रुपियाँ ७० पैंसा र बिक्री दर १३९ रुपियाँ ३० पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४० र बिक्री दर ९ रुपियाँ ४४ तोकिएको छ ।

युरोपियन यूरो खरिद १५० रुपियाँ ४९ पैंसा र बिक्री दर १५१ रुपियाँ १४ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ९७ पैंसा र बिक्री दर ३७ रुपियाँ १३ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपियाँ ५ पैंसा र बिक्री दर ३८ रुपियाँ २२ पैंसा अनि कुबेती दिनार खरिद दर ४५० रुपियाँ २५ पैंसा र बिक्री दर ४५२ रुपियाँ २० पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २५ गते आइतबार