२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

न्याय र सुरक्षाका लागि आमा घर



जुम्ला – हिंसा पीडित महिलालाई आपतकालिन आश्रय, न्याय पैरवीका लागि ‘दिमा आमा घर’को स्थापना गरिएको छ । महिला माथि हुने हिंसालाई न्यूनिकरण गर्न तथा न्यायिक निकायमा पहुँच बढाउन सात जना घरेलु हिंसा पीडित महिलाले कार्यालय स्थापना गरेका हुन् । जिल्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ मा आमा घर स्थापना गरिएको हो ।

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा आमा घरको आवश्यकताका विषयमा जानकारी दिनुभयो । जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफूसँग जोडिएका सात जना महिला मिलेर हिंसा पीडितकाको न्याय, आत्मनिर्भरता, पैरवी तथा सशक्तिकरणका लागि दिमा आमा घर स्थापना गरिएको जानकारी दिनुभयो ।

हिंसामा परेका महिला र किशोरीलाई आश्रय सहित न्यायको पैरवीमा सघाउने छ । जिसस प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल संस्थाका अध्यक्ष दिलमाया शाही सहितले उद्घाटन गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार