
सुर्खेत – बीरेन्द्रनगर नगरपालिका–११ रानिवेल टोलका दिदिवहिनीले शुक्रवार गीत मार्फत हामी पनि सक्षम छौ भन्ने सन्देश बाँडेका छन् । प्रतिस्पर्धात्मक रुपमा ४ वटा समूहका गीतमा महिलाको हकहितमा नीति र कार्यक्रम भए पनि व्यवहारमा कार्यान्वयन नभएकाे पींडा सुनाएका थिए । महिलाले पाएको दुख र विभेद सवाल झल्काइएकाे थियो ।
सन्देशमुलक गित प्रतियोगिता नाम दिईएको सो कार्यक्रममा गीत र बाजाको तालमा बृद्धबृद्धा समेत छमछमी नाचेका थिए । विश्वव्यापी मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘सशक्त महिला समृद्ध नेपाल’ अभियान अन्तर्गत आवाज सस्था र बीरेन्द्रनगर नगरपालिका ११ न. वडा कार्यालयको संयुक्त आयोजनामा गरिएको थियो ।
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्