२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

न्यायिक प्रक्रिया बारे सर्वसाधारणलाई अभिमुखीकरण



दैलेख – जिल्ला अदालत र जिल्ला सरकारी वकील कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्राबजारमा न्यायिक वाह्य सम्वाद कार्यक्रम गरेको छ । विपन्न तथा असाहयहरुको न्यायमा पहुँच अभिबृद्धिका लागि गरिएको सहजता प्रणाली र न्यायिक प्रक्रिया बारे सर्वसाधारणहरुलाई अभिमुखीकरण गरिएको थियो ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, जिल्ला सरकारी कार्यालयका प्रमुख द्रोणप्रसाद पौडेल, डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने, दैलेख बार एशोसियसनका सचिव प्रेमबहादुर थापा, डुंगेश्वर गाउँपालिका–१ का वडाध्यक्ष श्यामबहादुर राना समेतले सहजीकरण गर्नुभएको थियो ।

त्यसबखत तथा असाहयहरुको न्यायमा पहुँच अभिबृद्धिका लागि अदालतमा वैतनिक वकील, जिल्ला सरकारी वकील कार्यालय अन्तरगत कानूनी सहायता कार्यक्रम लगायतले दिने निशुल्क कानूनी सहायता लिने प्रक्रिया, विभिन्न मुद्दामा हदम्याद, कानूनी प्रक्रिया विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

फौजदारी मुद्दाकामा प्रहरी अनुसन्धान, अस्पतालमा गरिने उपचार र स्वास्थ्य परीक्षण लगायतका प्रमाणहरुको संकलन, जिल्ला सरकारी वकील कार्यालयबाट गरिने अभियोजन, अदालत तहकीकातको बेला गरिने पैरबी कानूनी प्रक्रियाका विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार