२०८२ वैशाख ५ , शुक्रबार (2025 Apr 18, Friday)

आजकाे नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले आज फागुन १६ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद एक सय ३९ रुपैंयाँ ७० पैंसा र बिक्री दर एक सय ४० रुपैंयाँ ३० पैंसा तोकेको छ ।

युरोपियन यूरो खरिद एक सय ४५ रुपैंयाँ २४ पैंसा र बिक्री दर एक सय ४५ रुपैंयाँ ८६ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ २५ पैंसा र बिक्री दर ३७ रुपैंयाँ ४१ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ ३३ पैंसा र बिक्री दर ३८ रुपैंयाँ ५० पैंसा अनि कुबेती दिनार खरिद दर चार सय ५२ रुपैंयाँ ३५ पैंसा र चार सय ५४ रुपैंयाँ ३० पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार