२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

वर्षा र हिमपातले हिउँदे बालीलाई राहत



दैलेख – झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ । खडेरीले सुक्दै गएको हिउँदेबालीका लागि यो वर्षा ‘तेलारी’ सरह भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा लामो समयपछि हिमपात भएको हो ।

यहाँको होचो क्षेत्रमा शुक्रबार साँझदेखि नेपालकाे पूर्वपश्चिम सबैतिर  शनिबार साँझैसम्म २४ घण्टा निरन्तर सिमसिम पानी परेकाे थियाे ।  वर्षा र हिमपातले गहुँ लगायतका हिउँदे बाली र तरकारी खेतीलाई राहत भएको छ । अहिले भने पानीसँगै हिउँ परेपछि थोरै हिउँदे बाली जोगिने हो कि भन्ने आशा किसानमा पलाएको छ ।

यस पटककाे वर्षा र हिमपातले जमिनलाई जमिन रामरी भिजेकाेले  लगाएकाे बालीमा झण्डै ३८ प्रतिशत सिचाई पुगेकाे कृषि विभागका उपमहानिर्देशक राजेन्द्र काेइरालाले बताउनुभयाे  । याे पटक हिउँदभर वर्षा नहुँदा सुक्खा मौसमले बालीनाली सुकेका र मानिसलाई रुघाखोकी, भाइरल ज्वरोले सताउँदै आएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार