२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

आज फागुन १६ गतेको नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले आज फागुन १६ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद एक सय ३९ रुपैंयाँ २३ पैंसा र बिक्री दर एक सय ३९ रुपैंयाँ ८३ पैंसा तोकेको छ ।

युरोपियन यूरो खरिद एक सय ४५ रुपैंयाँ ८६ पैंसा र बिक्री दर एक सय ४६ रुपैंयाँ ४९ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ १२ पैंसा र बिक्री दर ३७ रुपैंयाँ २८ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ २० पैंसा र बिक्री दर ३८ रुपैंयाँ ३७ पैंसा अनि कुबेती दिनार खरिद दर चार सय ५१ रुपैंयाँ २८ पैंसा र चार सय ५३ रुपैंयाँ २३ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार