२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

विकृति विरुद्ध सडक नाटक



सुर्खेत – सामाजिक रुपमा रहेका विकृति र विसङ्गतीलाई हटाउन किशोरकिशोरीहरुले सुर्खेतका विभिन्न स्थानमा सन्देशमुलक सडक नाटक प्रदर्शन गरेका छन । समाजमा व्याप्त वालविवाह, लागु औषध दुव्र्यसनी, लैङ्गिक हिंसा र जातिय विभेद जस्ता विकृतिलाई विरुद्ध सचेतना अभियान अन्तरगत सडक नाटक प्रदर्शन गरेका हुन् ।

‘हतारको निर्णयले पछुतो’ भन्ने सडक नाटक किशोर किशोरीले विहिवार बीरेन्द्रनगर नगपालिका वडा नं. १२ नेवारे,  वडा नंं. ११ पिपिरा र वडा न.८ खुला मञ्चमा प्रदर्शन गरेका हुन् । सामाजिक विकृतिहरु बारे चित्रण गरेका थिए । किशोरकिशोरीहरुको अभिनय र कथाको अभिनय र विषयबस्तु सन्देशमूलक पाएकाे दर्शकहरूले बताएका छन् ।

नाटक विरेन्द्रनगरका अरु ठाउँहरुमा पनि प्रदर्शन गरिने नाटककी कलाकार करुणा शाहीले जानकारी दिनुभयो । सशक्त महिला समृद्ध नेपाल अभियान अन्तरगत आवाज सस्थाको सहयोगमा ८ जना किशोरकिशोरीहरुको समूहले सडक नाटक प्रदर्शन गरेका आवाज संस्थाका सहजकर्ता स्वस्तिका बीसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार