२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

रारा किनारको होटेलमा आगलागी



मुगु – कर्णाली प्रदेशकै पर्यटकको मुख्य आकर्षण रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएको छ । काठैकाठबाट बनाइएका भवन भएकोले आगलागीले चार वटा भवन सम्पूर्ण रुपमा क्षति पु¥याएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो निभाएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट शुरू भएको आगोले त्यहाँ  ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ फागुन १५ गते बिहीबार