२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

आंशिक तथा ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक



काठमाण्डौं – कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा आउँदो वैशाख २६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

साधारणतर्फ रजिस्ट्रेशन नम्बरमा शुरूका दुई अङ्क ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरूका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार