दैलेख – नारायण नगरपालिकाको १५ औं नगरसभा सोमबार सम्पन्न भएको छ । नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षता बसेको नगरसभाको बैठकले एउटा ऐन पारित गर्नुसंगै नीतिगत निर्णयहरु गरी नगरसभा सोमबार नै सभापन भएको बताइएको छ । नीतिगत सवालमा नगरसभाका सदस्यहरुले खुला छलफलमा सुझावहरु राख्नुभएको थियो ।
नगरसभाबाट ‘खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन २०८१’ पारित भएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले जानकारी दिनुभयो । नगरवासीहरुलाई स्वच्छ खानेपानीको प्रवन्ध गर्नेदेखि नगर सरसफाई तथा स्वच्छ बनाई राख्न नागरिकहरुको कर्तव्य र नगरपालिकाको सहकार्य विषयमा ऐनमा बिस्तृत व्याख्या गरिएको बताइएको छ ।
प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्