२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर बेपत्ता



सुर्खेत – भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने भेरी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना बेपत्ता भएका हुन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्रबीर  बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधबार