२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

शिक्षकको कुटाईले बालिका घाइते



घाइते बालिका महालक्ष्मी न्याैपाने

दैलेख – ज्ञान, चेतना, शिक्षासंगै विद्यालयमा रहुञ्जेल सुरक्षा दिने ठाउँ पनि हो विद्यालय । तर दैलेख सदरमुकामको त्रिभुवन मावि दैलेखबजारमा शिक्षकको कुटाईबाट एक जना बालिका घाइते भएकी छिन् । त्यहाँका शिक्षक गणेश रेग्मीले लाठीले हान्दा कक्षा ६ की ११ वर्षीया छात्रा महालक्ष्मी न्यौपानेको दाहिने हातकाे कुहिनाकाे हड्डी चर्केको छ ।

गत बुधबार दिउँसो कक्षा ८ र ९ को ग्याङ फाइट भएको बेला रम्चारुलाई धपाउदै गरेको बेला ती शिक्षकले लाठीले जोडसंग हानेको कारण दाहिने हातकाे कुहिना हड्डी चर्केकाे लेखपढ गर्न समेत वाधा परेकाे बालिका महालक्ष्मी न्यौपानेले बताउनुभयो । शिक्षक रेग्मीले भन्नुभयो ‘धपाएको हाे तर हानेकै त मलाई लाग्दैन, तर हुलभीडकाे सबै याद छैन ।’

विद्यालय हातामा घटना भएको कारण उपचारको जिम्मा विद्यालयले लिने गरी उपचार थालिएको थियो, बालिकालाई गाह्रो भएको भनी अभिभावकले सम्पूर्ण उपचारको जिम्मा लिन भनी पीडित पक्षले विद्यालयमा निवेदन दिएको तर छलफल गराउने तयारी रहेकाे विद्यालयका प्रधानाध्यपक निरक तारामीले जानकारी दिनुभयो ।

‘बोर्डिङमा पढिरहेकी छोरीलाई सरकारी विद्यालयमा नाम लेखाइयो तर शिक्षकले कुटपिट गरेर अपाङ्ग बनाएकोमा दुख लागेको छ’ बालिकाकी आमा शान्ति न्यौपानेले असन्तोष व्यक्त गर्नुभयो । लेख्ने गरेको दाहिने हातमा चोट लागेकाे कारण आफूलाई लेख्न साह्रै कठिनाई भइरहेकाे घाइते बालिका महालक्ष्मीले पहरेदारलाई बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार