२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

महाकुम्भबाट फर्किँदा दुर्घटना : पाँच जनाको मृत्यू



महोत्तरी – भारतको मधुवनीमा शनिबार दिउँसो बी आर ३२पी ए ४६६१ नम्बरको स्कारपियो दुर्घटनामा पाँच नेपालीको मृत्यूभएको छ । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किंरहेका बेला नेपालीहरू चढेको गाडी मधुवनीमा दुर्घटना हुँदा पाँचको घटनास्थलमै मृत्यू भएकाे र अन्य चार गम्भीर घाइते भएका बताइएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको खबर पाएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नपा–७ बालकृष्ण झा (६०), उहाँकी श्रीमति इन्दु देवी (५०), महोत्तरीकै मनरासिश्वा नपा–२ मनतारन देवी (५०) र धनुषाको गङ्गुली अर्चना झा (३०) छन् ।

मनोहर ठाकुर (३०), कामिनी झा (२५), जगतारण देवी (५०) र सृष्टि झा (७) गम्भीर घाइते भएका छन् । सबैको मुजफ्फरपुरमै उपचार भइरहेको जलेश्वर नगरपालिका–७ का वडासदस्य सुल्तान कवारीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको वडासदस्य कवारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार