२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

चितुवा मृत फेला, कसैले बिष खुवाएको अनुमान



दैलेख – पहाडी बाघ भनेरै चिनिने चितुवा मृत फेला परेको छ । दैलेखकाे आठबीस नगरपालिका–३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा अन्दाजी ४ वर्षको पोथी चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय राकमका वन अधिकृत विवेक बेलबासेले जानकारी दिनुभयो ।

स्थानीयले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय दैलेखको टोलीले घटनास्थलबाट सदरमुकाममा ल्याई दैलेख सदरमुकामको पशु अस्पतालमा मृत चितुवाको शव पोष्टमार्टमपछि शुक्रबार साँझ जमिनमा गाडिएको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले जानकारी दिनुभयो ।

बाघले मारेको पशुबस्तुमा कसैले बिष हालेको, दोहो¥याएर मासु खान आएको र त्यही विषले अलि टाढा गएर चितुवाको मृत्यू भएको हुनसक्ने अनुमान रहेको डिभिजनल वन अधिकृत दासले बताउनुभयो । घटनाको अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । मृत चितुवाको तौल २७ केजी थियो ।

मृत चितुवाको छाला, नङग्रा काडेर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको अखेटोपहार शाखामा पठाउने तयारी गरेको बताइएको छ । बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कुनै बन्यजन्तु मृत फेला परेमा हाड, छाला जस्ता बस्तु अखेटोपहार शाखामा राख्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार