२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी



काठमाण्डौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सापकोटाले छ सय ८६ र राईले छ सय १५ मत ल्याउनुभएको हो ।

सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकट र राई उपमहासचिव जनार्दन शर्मा निकटका मानिनुहुन्छ । उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल तथा महासचिवमा रोशन थापा मगर र फूलमाया रानामगर निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार