२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

सहिदकाे परिभाषा स्पष्ट हुनुपर्छ : साँसद श्रेष्ठ



दैलेख – प्रतिनिधिसभाका सदस्य सूर्यकुमारी श्रेष्ठले सहिदहरुकाे परिभाषा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । सहिद दिवसको अवसरमा दैलेख सदरमुकाममा भएको कार्यक्रममा उहाँले भन्नुभयो ‘सडक दुर्घटनामा मरेकाहरुलाई सहिद घाेषणाकाे माग गरिनु गलत संस्कार छ ।’

‘सहिदहरुकाे परिभाषा स्पष्ट नभएको कारण सडक दुर्घटनाका मृतकका परिवारले सडक जाम गर्ने गलत संस्कार बसेकाे छ, राजनीतिक आन्दोलनमा मारिएकाहरुलाई कुन प्रकृतिको सहिद मान्ने प्रष्ट हुनुपर्छ’ साँसद श्रेष्ठले तर्क राख्नुभयाे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मायाराम अधिकारीले सहिदको याेगदान जस्तै परिवर्तनमा जनआन्दोलनका घाइतेहरुको पनि आंशिक याेगदान रहेकाे उल्लेख गर्दै घाइतेहरूलाई सरकारले दिएको सुविधा र सम्मान न्यायाेचित रुपमा वितरण गरिनुपर्ने सुझाव दिनुभयाे ।

त्यसबखत नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष अमर सुनारले परिवर्तनबाट प्राप्त उपलब्धीहरुकाे संस्थागत गरिनुपर्ने र सहिदहरुकाे सपना साकार पार्न सबै पक्ष इमान्दार हुनुपर्ने बताउनुभयाे ।

सभाध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले सहिदको सम्मान गर्न सके मात्र असली देशभक्ति हुने बताउनुभयो । पूर्वसाँसद रविन्द्रराज शर्मा, प्रमुख जिल्ला अधिकारी नवराज जैसी लगायत सरकारी अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधबार