
काठमाडौं – गतहप्ता आएको भीषण बाढीले सबै भन्दा धेरै क्षति पुर्याएको राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने बनेपा-सिन्धुली-बर्दिवास राजमार्गको वैकल्पिक राजमार्ग समेत नखुलेको कारण यो रुटमा पाँच सय जति सवारी साधनहरु अलपत्र परेका छन् ।
बाढीले रोशी खोलाले कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे ठाउँठाउँमा सडक बगाएकाे हुँदै धुलिखेल तर्फको वैकल्पिक मार्ग खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले एक सूचना जारी गरेको छ ।
सिन्धुलीको सिमानासम्मको करिब ७ किलाेमीटर सडक खुलाएर बीपी राजमार्गसंग जाेड्ने प्रयास भइरहेकाे छ । बनेपा-सिन्धुली-बर्दिवास राजमार्गलाई राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने मध्यपहाडी राजमार्ग भनिन्छ ।
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार
प्रतिक्रिया दिनुहोस्