
दैलेख – कोपोमिस सप्टवेयर प्रणालीमा लेखा श्रेस्ता राख्न थालेको भेरी कर्णाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कहिले तीन सय ६१ जना सेयर सदस्य र दुई सय ४० भन्दा बढी नियमित बचतकर्ता आवद्ध भएका छन् । अघिल्लो आर्थिक वर्षमा २७ लाख ९६ हजार पाँच सय चौतीस रुपैंयाँ कुल कारोबाट एक लाख २० हजार पाँच सय ५० रुपैंयाँ खुद नाफा कमाएको सहकारीका व्यवस्थापक कृष्णाकुमारी शाहीले जानकारी दिनुभयो ।
कृषि, व्यापार तथा न्यून आर्थिक अवस्था भएका महिलाहरु आवद्ध सहकारी २०६५ मा दैलेख सदरमुकामलाई कार्यक्षेत्र बनाई स्थापना भएको थियो । उत्पादनशील आयमुलक तथा सीप विकासमा काम गर्दै आएको हालै सम्पन्न १३ औं साधारणसभामा सहकारीका अध्यक्ष पूर्णबहादुर शाहीले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी संघ दैलेखका अध्यक्ष भूपेन्द्र खड्का, राष्ट्रिय सहकारी बैंक लिमिटेककी प्रवन्धक निता थापा लगायतको उपस्थिति थिथो ।
गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, यूवा स्वरोजगार कोषका जिल्ला प्रतिनिधि टिकाराम बुढाको पनि उपस्थिति थियो । साधारणसभाको औचापरिक कार्यक्रममा भेरी कर्णाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ठ बचतकर्तामा डिलेन्द्र रावत, उत्कृष्ट कारोबारमा अशोक राना, असल ऋणी महेश थापा, उत्कृष्ट सेयरकर्ता विपना चन्द र नियमित बचतकर्तामा कविराज श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्