२०८१ माघ १ , मंगलबार (2025 Jan 14, Tuesday)

सहकारी एकता र आत्मनिर्भरताको आशा



दैलेख – केही घटनाक्रमहरुले देशभरका सहकारीका संस्थाहरुको विवाद र शंका उव्जाएको बेला समुदाय स्तरमा सञ्चालन भएका धेरै सहकारी संस्थाहरुले सामाजिक एकता र आत्मनिर्भरताको आधार बनेको छ । आत्मनिर्भरतातिरको उत्प्रेरणाले विपन्न महिलाहरुलाई आशावादी बनाएको छ ।

जिल्ला सदरमुकाम नारायण नगरपालिकाको ११ वटै वडामा कार्यक्षेत्र बनाएको दैलेख सदरममुकामको पञ्चदेवल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पिछडिएको समुदायका महिलाहरुलाई यस्तो आशावादी बनाएको हो ।

तीन सय ५२ जना सदस्य संख्या भएको यो सहकारीबाट ६४ जना केही उद्यम गर्न खोजेको महिलाहरुलाई एक करोड १३ लाख २२ हजार आठ सय ४७ रुपैंयाँ ऋण परिचालन गरी महिलाहरुरलाई आत्मनिर्भतरता तर्फ उन्मुख गराइएको पञ्चदेवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मीना बिशुन्केले पहरेदारलाई बताउनुभयो ।

२०६५ कात्तिक २९ गते दर्ता भएको यो सहकारीमा आठ जना महिला सहित ११ जनाको कार्यसमिति, तीन जना महिला सहित छ जना कर्मचारी रहेको सहकारीले अघिल्लो वर्ष सबै खर्च कटाएर ४४ हजार सात सय दुई रुपैंया मुनाफा कमाएको पञ्चदेवल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पञ्चदेवल बचत तथा ऋण सहकारी संस्थाको आज सोमबार दैलेख सदरमुकाममा १५ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाही, अधिवक्ता सर्वराज जोशी, सामाजिक अगुवाहरु जगबीर रोकाय, लालबहादुर गुरुङ, टोपबहादुर नेपाली लगायतले सहकारीको सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार