काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाण्डौंले आज प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । काठमाण्डौं स्वर्णलक्ष्मी सहकारी ठगीको कसूरमा अदालतमा उपस्थित भएका लामिछानेलाई मुद्दाको थुनछेक बहस नसकिएकाले प्रहरी हिरासतमा पठाइएको हो ।
अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन गर्न नभ्याएकाले आज बहस गर्न नसक्ने बताएपछि इजलासले रविलाई परिवारको साटो प्रहरीको जिम्मा लगाएको हो । लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैंयाँ धरौटीमा छुटेका लामिछाने अस्ति शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । लामिछाने विरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्