काठमाण्डौं – मंगलबार बिहान नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाको बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताउनुभयो । तिब्बतको दिंगे कान्टीको नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।
ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्स्पेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्