२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

दलित समुदायका सरकारी अधिकारीहरु सम्मानित



दैलेख – स्थानीय तह दलित जनप्रतिनिधि मञ्च दैलेखले जिल्लामा कार्यरत दलित समुदायका सरकारी अधिकारी र सामाजिक जिम्मेवारीमा रहनुभएका महानुभावलाई आज कार्यक्रममा सम्मान गरेको छ । मञ्चका जिल्ला अध्यक्ष बखत नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख डा. रत्नबीर सुनार, प्रहरी निरीक्षक लालबहादुर सुनार, केयर नेपालमा कार्यरत पोषण अधिकृत सेतबहादुर भूल, यूएसएडका वरिष्ठ कार्यक्रम अधिकृत अमरराज सार्की, स्वास्थ्य वीमा बोर्डका प्रमुख प्रेमसिंह सुनारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखा अधिकृत दिपक नेपाली, बेलासपुर आयुवेदका बैद्य तुलसीराम सोनी, आठबीस नपाका रबिन्द्र बिक, नरायण नगरपालिकाका सुजन बिक, बसन्त मावि किमुगाउँका निमावि शिक्षक राजु नेपाली लगायतलाई फूलको माला लगाइदिएको थियो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दलित अगुवाहरु मोहन सुनार, रेशम बिश्वकर्मा, रमा सुनार, डा. रत्नबीर सुनार, प्रहरी निरीक्षक लालबहादुर सुनार, आठबीस नगरपालिकाका कार्यपालिका सदस्य बीरबहादुर नेपाली लगायतले दैलेखमा जातीय विभेदको अवस्था र आत्मनिर्भरताको सवालमा बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार