काठमाण्डौं – सक्रिय युवा पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्युज अनलाइनमा उपसम्पादकको रुपमा कार्यरत उहाँको ३३ वर्षको उमेरमा शुक्रबार राति अकस्मात निधन भएको हो ।
राति साढे १० बजे सरस्वतीनगरको निवासमा अकस्मात ढलेपछि उहाँलाई चाबहिलमा रहेको हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । उपचारको क्रममा पुडासैनीको अस्पतालमै निधन भएको हो । हृदयखातले उहाँको निधन भएको चिकित्सकहरुको भनाई छ ।
नुवाकोट स्थायी घर भएका पुडासैनीसँग विगत १४ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा काम गर्दै आउनुभएको थियो । पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार
प्रतिक्रिया दिनुहोस्