
काठमाण्डाैं – नेपालको कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । शाहको बिहीबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । नेपालको कूटनीतिक सम्बन्ध सुदृढ गर्न र महिला सशक्तीकरणका लागि योगदान पु¥याएकी उहाँ लामो समयदेखि बिरामी पर्नुभएको थियो ।
उहाँ नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र अमेरिकास्थित नेपाली राजदूतावासमा प्रथम सचिव हुँदै भारतका लागि नेपाली राजदूत हुनुभएको थियो । भारतीय नाकाबन्दी सुरु हुनुअघि उहाँले दिल्लीमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ चर्चित बैंकर अनिलकेशरी शाहकी आमा हुनुहुन्छ ।
२०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी उहाँले भारतका लागि राजदूत भएर स्वदेश फिर्ता भएलगत्तै २०४७ मा अवकाश पाउनुभएको थियो । राजदूतबाट फिर्ता भएपछि पदोन्नतिबाट पाउने परराष्ट्रको अतिरिक्त सचिव पदमा पुगेर शाहले अवकाश पाउनुभएको भएको हो । सरकारले अहिले अतिरिक्त सचिवको दरबन्दी खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्