२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

व्यवसाय योजना तालिम



दैलेख – आईएलओ, यूनिसेफ, यूएनएफपीए र यूएनओमनसंगको साझेदारी यूरोपियन यूनियनको फण्डमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाले दैलेखमा सशस्त्र द्वन्द्व पीडित महिलाहरुका लागि ५ दिने व्यवसाय सुरु तथा सुधार योजना बारे तालिम दिएको छ ।

नारायण नगरपालिकाको समन्वयमा सञ्चालित उक्त तालिममा आईएलओका कर्णाली प्रदेश कार्यालयका श्रृजना ढकाल, प्रशिक्षक अर्जुनप्रसाद भट्टराईले स्थानीय स्तरमा व्यवसायको सम्भावना, बजार र उपार्जनका विषयमा योजना र कार्यान्वयन ज्ञान, सीप दिनुभएको थियो ।

तालिममा सहभागी नारायण नगरपालिकाका क्षेत्र २१ जना सशस्त्र द्वन्द्व पीडित महिलाहरुलाई आसमान नेपालले छनौट भएका व्यवसाय प्रवद्र्धनका लागि थप तालिम दिइने नारायण नगरपालिकाका ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना फोकलपर्सन खमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार