२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस



दैलेख – ज्येष्ठ नागरिक संघ दैलेखले चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रम विविध कार्यक्रम गरी मनाएको छ । समाजमा उदाहरणीय काम गरेका व्यक्तिहरुलाई सम्मान गर्नुसंगै असहाय ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

जिल्ला आयुर्वेद कार्यालय दैलेखले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच तथा उपचार र औषधि वितरण गरिएको यादव उपाध्यायले जानकारी दिनुभयो । त्यसबखत ज्येष्ठ नागरिकहरुलाई स्वस्थ जीवनशैली बारे अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिक संघ दैलेखका अध्यक्ष बीरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, नागरिक समाजका अगुवा बालकृष्ण प्याकुरेल, कृष्ण भण्डारी, नारायण नगरपालिका सामाजिक शाखा प्रमुख खमबहादुर थापा लगायतले ज्येष्ठ नागरिकहरुको आत्मसम्मान, सुरक्षा र अधिकार बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार