२०८१ पुस १० , बुधबार (2024 Dec 25, Wednesday)

सबै धर्मले जीवन दर्शन सिकाउछन् : पाष्टर बयलकोटी



दैलेख – जीवनज्योती चर्चका पाष्टर बृख बयलकोटीले सबै धर्मले शान्ति र जीवन दर्शन सिकाउने गरेको बताउनुभएको छ । दैलेख सदरमुकामको जीवनज्योती चर्च परिसरमा आयोजित जेसिस क्राइष्टको जन्मदिन अर्थात ‘क्रिसमस डे’को अवसरमा उहाँले सो विचार राख्नुभएको हो ।

सबै धर्मले शिक्षा र ज्ञान दिन्छन् क्रिश्चियन धर्मले मुक्तिको बाटो दिएको बताउदै उहाँले क्रिश्चियन धर्मको यही विशेषताले विश्वभरमै सबै भन्दा धेरैले क्रिश्चियन धर्म अबलम्वन गर्ने गरेको चर्चा गर्नुभयो । ‘क्रिसमस डे’को अवसरमा जीवन ज्योती चर्चले उपलब्ध गराएको बालबालिका र ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा पाष्टर बयलकोटीले वितरण गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक रत्नबीर सुनार लगायतका महानुभावले ‘क्रिसमस डे’को महत्व र क्रिश्चियन धर्मले दिएको चेतना बारे चर्चा गर्नुभयो ।

त्यसबखत युवाहरुले क्रिश्चियन धर्मको शिक्षा, महिमा विषयमा साँगितिक प्रस्तूती र नृत प्रदर्शन गरेका थिए । जीवनज्योती चर्च र यसका शाखा चर्चहरुमा आवद्ध विश्वासीहरुले बाइबलको सन्देश फैलाउन दैलेख सदरमुकामका मुख्य चोकहरुमा साँगितिक कार्यक्रम लगायतका प्रस्तूती देखाएका थिए ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार