काठमाणडाैं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावको कारण मौसम पूर्वानुमान गरिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू–भागहरू लगायत बाँकी तराईका भू–भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा कुहिरो लागेको छ । शनिबार दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । शनिबार राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा राति हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्