
सुर्खेत – आफू पढ्ने स्कूलकै बस ‘कर्णाली प्रदेश ०२-००१ क ००६८’ नम्बरको स्कूल बसकाे ठक्करबाट बीरेन्द्रनगर नगरपालिका-१ त्रिपुरेश्वरटाेलमा ६ वर्षीया बालिकाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
दैलेखको भैरबी गाउँँपालिका-५ घर भई हाल सुर्खेतमा अभिभावकसंग बस्तै आएकी ६ वर्षीया समीक्षा सुनार घटनास्थलमै मृत्यू जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।
बसमा चड्न बाटाेमा उभिएकाे ठाउँमा बसले ठक्कर दिएर बालिकाको घटनास्थलमै मृत्यू भएको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी बिश्वकर्माले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्