दैलेख – मंसिर १६ गते हुने महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ, मर्यादित र शान्त बनाउन दैलेखका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको आह्वानमा बिहीबार भएको सर्वदलीय बैठकले उक्त सहमति जनाएको हो ।
निर्वाचन तालिका जानकारी, निर्वाचन आचार सहिंताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रुपमा सञ्चालन गर्ने, उपनिर्वाचनको शान्ति–सुरक्षा प्रभावकारी बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले जानकारी दिनुभयो ।
निर्वाचन अधिकारी सलामी अनुसार कात्तिक ३० गते शुक्रबार उपनिर्वाचन हुने स्थानमा कार्यालय स्थापना गर्ने, मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने, ३ गते उम्मेदवार विरुद्ध दावी बिरोध, ४ गते दावी विरोधको जाँचबुच गरी निर्णय दिने, ५ गते उम्मेदवारी फिर्ता लिन पाउने र ५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने निर्वाचन कार्यतालि रहेको छ ।
निर्वाचन आयोगले देशभर उपचिर्वाचन हुने ४४ पदका लागि मंसिर १३ गते राति १२ बजेपछि चुनावी प्रचार गर्न नपाइने मौन समय सुरु हुने जनाएको छ । मंसिर १६ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने जनाइएको छ । निर्वाचन आयोगले निर्वाचन हुने स्थानमै निर्वाचन अधिकृतको कार्यालय रहने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्