२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

पलाँता दुर्घटना : ६ मृत्यू र १३ घाइते



कालिकोट – पलाँता गाउँपालिका राडुकाप्रे खोलामा भएको बाेलेराे जीप दुर्घटनामा ६ जनाको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा पलाँता गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर बम, छाया शाही, गाउँपालिका-६ की पुन्नकला शाही, भद्र रोकाया, गणेश शाही र ६ वर्षीय बालक दमन रोकाया रहेको जनाइएको छ ।

क १ ज ५६ काे जीप खिनदेखि थिर्पुसम्म आउदै राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जनाकाे मृत्यूसंग १३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ ।

घाइते हुनेमा बिजय थापा, इश्वर थापा, केशव थापा, डल्ली बिक, आषुसा विक, रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायार गाडी चालक हस्तबहादुर बम समेत १३ जना गम्भिर घाइते छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार