दैलेख – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि तोकिएको मतदानस्थल परिवर्तन गरिएको छ । नारायण क्याम्पसमा परीक्षा सञ्चालन हुने भएकाे कारण दैलेख टुँडिखेलमा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत प्रकाशबाबु ऐडीले जानकारी दिनुभयाे ।
निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाअनुसार भाेलि असोज १३ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिल्ला सदरमुकामकाे टुँडिखेलमा मतदान कार्य सञ्चालन हुने निर्वाचन अधिकृत ऐडीले बताउनुभयाे । दैलेख क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि निर्वाचनमा १ हजार ७१ जना मतदाता रहेकाे बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्