दैलेख – नेपाली कांग्रेस दैलेखको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि चयनका लागि विभिन्न समावेशी समूहमा उम्मेदवारी परेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार महिला, खुला, आदिवासी जनजाति, युवा, दलित, खसआर्यलगायतका समूहमा प्रतिस्पर्धा हुँदैछ ।
अल्पसंख्यकतर्फ हिरा बादी, युवा महिलातर्फ अस्मिता रोका मगर, दलिततर्फ अभिषेक सोनी र दिपक साेनी, श्रमिकतर्फ भरतबहादुर डाँगी समेत ५ जना नेपाली काँग्रेसकाे महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
आदिवासी जनजाति महिला १ पदका लागि करिस्मा कुमार रामजाली मगर, दुर्गा कुमारी श्रेष्ठ र सरस्वती श्रेष्ठ उम्मेदवार छन् । आदिवासी जनजाति खुलातर्फ १ पदका लागि देवेन्द्रकुमार पुन, विनोदकुमार श्रेष्ठ र हरिबहादुर राना प्रतिस्पर्धामा छन् ।
खसआर्य खुलातर्फ ३ पदका लागि कृष्णप्रसाद कोइराला, नरसिंह मल्ल, प्रकाशकुमार शाही, प्रकाश न्यौपाने, प्रेमबहादुर चन्द, वीरबहादुर शाही, भक्तबहादुर भण्डारी, लालबहादुर चन्द, सुवासकुमार थापा र हस्तराज अधिकारी उम्मेदवार छन् ।
खसआर्य महिलातर्फ १ पदका लागि कमला कुमारी चन्द, मञ्जु कुमारी शर्मा पाण्डे, मोहनमाया प्याकुरेल र सीता न्यौलीबीच प्रतिस्पर्धा छ । पेशागत विज्ञतर्फ खेमराज केसी, पूर्णप्रसाद कोइराला र रामबहादुर शाही उम्मेदवार छन् । युवा खुलातर्फ चेतन न्यौपाने, भीमबहादुर थापा, मनोजकुमार थापा र शुसिल देउजा प्रतिस्पर्धामा छन् ।
अपाङ्गतातर्फ कनकबहादुर सेन ठकुरी, गणेशबहादुर बोगटी र रणबहादुर कार्की उम्मेदवार छन् । प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभाविततर्फ बखतबहादुर कटुवाल र महेन्द्रकुमार राना उम्मेदवार छन् ।
समानुपातिक दलित महिलातर्फ पशुपति सुनार र सम्झना गाहतराज उम्मेदवार छन् । महिला खुलातर्फ दिपा कुमारी बि.सी., निर्मला कुमारी खड्का, मिना कुमारी खड्का, मिना कुमारी थापा, पुण्यप्रभा दर्सादी र बासना थापा उम्मेदवार छन् ।
खुलातर्फ १० पदका लागि कृष्णकुमार बि.सी., डा. खगेन्द्रबहादुर शाही, खेमराज ओली, गणेशप्रसाद उपाध्याय, गणेशकुमार श्रेष्ठ, झलकबहादुर भण्डारी, टेकबहादुर कटुवाल, टोपबहादुर बुढा, नगेन्द्रबहादुर मल्ल, पदमबहादुर मल्ल, पूर्णबहादुर खत्री चालीसे, प्रेमबहादुर राजमाली, प्रकाशराज थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, यामबहादुर मल्ल, सन्देशकुमार श्रेष्ठ (शैलेस), हेमराज केसी र हेमशंकर अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
याे पटक काँग्रेसकाे महाधिवेशन प्रतिनिधि पदका लागि प्राय युवाहरु हाैसिएकाे देखिएकाे छ । पाका पुरानाहरुले सदभाव देखाएकाे कारण महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएकाहरुमा पनि युवाहरु परेकाे कारण खुला प्रतिस्पर्धामा भिंडेकाहरुबाट पनि युवाहरुकै माहाेल देखिएकाे छ ।









प्रतिक्रिया दिनुहोस्