२०८३ असोज १३ , मंगलबार (2026 Sep 29, Tuesday)

मतदान स्थलकाे तयारी



दैलेख – नेपाली कांग्रेसकाे १५ औं महाधि ननवेशन अन्तरगत दैलेख क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतदानमा तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाम दैलेखबजारकाे टुडिखेल खुलमैदानमा अहिले ८ बजेदेखि मतदान सुरु गर्ने तयारी पूरा भएको निर्वाचन अधिकृत अधिवक्ता प्रकाशबाबु ऐडीले जानकारी दिनुभयो ।

दैलेख क्षेत्र नं. १ बाट ३३ केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५७ जना प्रतिस्पर्धामा छन् । ५ जना निर्बिरोध चयन भएका छन् । मतदान अधिकृत ढलबहादुर हमाललाई तोकिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार