२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जित निश्चित



WASHINGTON, DC - SEPTEMBER 19: Republican presidential nominee former U.S. President Donald Trump speaks at the Israeli American Council National Summit at the Washington Hilton on September 19, 2024 in Washington, DC. Trump addressed the pro-Israel conference, stating that if he is not elected president Israel will be “eradicated” within two years. (Photo by Kevin Dietsch/Getty Images)

काठमाडौँ — मंगलबार भएको अमेरिकाको ४७‍ औं राष्ट्रपति निर्वाचनको मत गणना परिणाम अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित निश्चित भइसकेको छ । अत्यन्त कडा प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित खिएको छ ।

हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ । समाचार एजेन्सीहरुले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छन् । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १९४ इलेक्टोरल मतमा अगाडि छिन् ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ  । जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेट, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् ।अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन्  । यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेलेको हो । (समाचार एजेन्सीबाट साभार)

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार