दैलेख – सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सु.प. ०१-००१ ख ३०७२ नम्बरको फाेर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ काफलसैनी दुर्घटनामा परेको छ । दुर्घटनाका बेला बसमा चालकसहित ७ जना यात्रु सवार रहेको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ ।
काफलसैनीबाट ४ सय मीटर तल मैनीखाेलामा खसेकाे गुराँस गाउँपालिका–१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिनुभयो । घाइतेहरूको उद्धारमा स्थानीयवासी र तल्लोडुंगेश्वर प्रहरी चौकीको टोली जुटेको उहाँले बताउनुभयो ।
दुर्घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिक घटनास्थलतर्फ जानुभएको प्रहरीले जनाएको छ । दुर्घटनाकाे प्रकृति हेर्दा गाडी खाेल्सामा पुगेकाे तर यात्रुहरु भीरमा अड्केका कारण यात्रुहरुलाई कम चाेट देखिएकाे छ ।
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार










प्रतिक्रिया दिनुहोस्