दैलेख — जीवन ज्योति चर्चको आयोजनामा असल नेतृत्व सीप विकास तथा स्वस्थ परिवारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दैलेखका २५ वटा चर्चका अगुवा विश्वासी गरी ४१ जनाको सहभागिता रहेको थियो ।
साेमबार र मंगलबार चलेकाे कार्यक्रममा हेमदास, प्रेम थापा र सन्तोष बिकलगायतले असल नेतृत्व सीप विकास, स्वस्थ परिवार निर्माण तथा नेतृत्व क्षमताको विकाससम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले नेतृत्व विकाससँगै परिवार र समुदायमा सकारात्मक भूमिका निर्वाह गर्न यस्ता अभिमुखीकरण उपयोगी हुने जीवन ज्योति चर्चका प्रमुख पाष्टर बिर्ख बयलकोटाले विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्