२०८३ असार २३ , मंगलबार (2026 Jul 7, Tuesday)

दुर्घटनामा वेपत्ता मेखेकाे शव फेला



दैलेख – कर्णाली नदीमा फोर्स गाडी दुर्घटनामा बेपत्ता भएका कालीकोट पचालझरना गाउँपालिका–९ का मेखे (मेगे) तिरुवाको शव कैलालीको मोहन्याल गाउँपालिका–स्थित कर्णाली नदी किनारमा फेला परेको छ ।

मृतकका २५ वर्षीय छोरा रवीन्द्र तिरुवाले टीकापुर अस्पताल पुगेर शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जाानकारी दिनुभयो ।

दुर्घटनामा गाडीसहित अन्य तीन जना अझै बेपत्ता रहेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निरन्तर खोजी जारी राखेको छ । फाेर्स गाडी कर्णाली डुबेकाे ठाउँमा उद्दार टाेलीले पठाएको म्याग्नेट नदीमा अड्केकाे बताएइकाे छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार