२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दश जनाको मृत्यू



इन्डोनेसिया – फ्लोरेसकमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यू भएको अधिकारीहरूले सोमबार जनाएका छन् । फ्लोरेसको लोकप्रिय पर्यटक टापु माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार सात सय तीन मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा मृतकहरुको शव निकालिएकोे अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले १० जनाको शव फेला परको र ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको जनाए । (एएफपीबाट साभार)

प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार