काठमाडौँ — सोमबार विहानैदेखि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । साँझतिर चट्याङ सहित मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको अन्नबाली, तरकारी खेतीमा नोक्सानी हुनसक्ने त्यसैगरी सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मंगलबारदेखि मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता बिष्णु पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्