दैलेख – १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले घटनाका दाेषी दुई जनालाई जनही १८ वर्ष कैद कैद गरेकाे छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २५ वषीय खगेन्द्र भण्डारी र त्यही ठाउँका २४ वर्षीय गोबिन्दबहालदुर शाहीलाई सजाय भएकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयाे ।
स्वाव परीक्षण प्रतिवेदन, प्रहरी अनुसन्धान र अदालती तहकीकातबाट समेत कसूर ठहर भएकोले कसूरदार दुवै जनालाई जनही १८ वर्ष कैदकाे अलवा सामुहिक बलात्कारकाे थप ५ वर्षकाे दरले कैद गरिनुसंगै सात–सात लाख रुपैंयाँ जरिवाना र एक–एक लाख रुपैंयाँ क्षतिपूर्ति तिनुपर्ने फैसला भएको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त सजाय भएकाे हाे ।
गएकाे साउन २२ गते राति छिमेकी गाउँमा तीजकाे नाँच हेरेर फर्किदा सामूहिक बलात्कार भएको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकोमा कसूरदारहरुलाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । प्रहरीले घटनाकाे अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत जबरजस्ती करणी कसूरमा अदालतमा अभियोग दर्ता गराएको थियो ।
भदौ १५ गते नै थुनछेक बहसपछि जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट कसूरदार दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । अदालतसम्म पुगेका अरु बलात्कार घटना भन्दा नितान्त भिन्न र सामूिहक बलात्कार घटना भएकाेले सिघ्र सुनुवाइ प्रणालीबाट उक्त सजाय भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्